नेपाल_मगर_संघ ले काम गरिरहेका #प्रमुख/ #सहायक सवालहरु:

नेपाल_मगर_संघ ले काम गरिरहेका #प्रमुख/ #सहायक सवालहरु:

7
0
SHARE
nepal magar asssociation, nepal magar sangh
nepal magar asssociation, nepal magar sangh

#प्रमुख_मुद्दाहरु:

१) एतिहासिक मानव सभ्यता र सस्कृतिको आधारमा मगरात स्वायत्त प्रदेश हुनुपर्ने माग सहित आन्दोलन जारी छ।
२) राज्यको सबै तह र तप्कामा प्रतिनिधित्व र राज्य शक्ति/श्रोतको बाडफाड जातिय जनासंग्ख्याको आधारमा गरिनुपर्ने माग सहित आन्दोलन जारी छ।
३) मगरात क्षेत्र भित्र राज्यको सरकारी कामकाजको भाषा मगरभाषा पनि हुनुपर्छ भन्ने माग सहित आन्दोलन जारी छ।
४) नेपाललाई स्वायत्तता र स्वशासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र बनाउनु पर्छ।

#सहायक_मुद्दाहरु:
१) बहुधार्मिक देश लाई ब्यबहारिक रुपमा धर्मनिरपेक्षताको पुर्ण कार्यन्वयन गरिनुपर्छ।
२) मगरहरुमा रहेको मौलिक सस्कार-सस्कृतिहरुको संरक्षण-सम्बर्धन गर्दै समाजमा झागिएका विसंगतिहरुलाई परिस्कृत गर्दै २५ बर्ष मुनिका युवाहरुलाई रक्सि-चुरोट नदिउ (बन्देज गरौ) र अरु पिउनेहरुले पनि पिउदा खेरि कहिले ? कहाँ ? कति ? हेरेर-बुझेर ब्यबस्थित गर्नु पर्छ।
३) प्रथम सहिद लखन थापामगरलाई रास्ट्रीय बिभुति बनाई उनको जीवनीलाई बिद्यालय/विश्व बिद्यालय पाठ्यक्रममा समावेस गरिनुपर्छ।
४) मगरहरुको परम्परागत र प्रथाजनिक कानुनि व्यवस्थालाई राज्यको कानुनी मान्यता हुनुपर्ने।
५) रास्ट्रीय जनावार गाई परिवर्तन गरिनुपर्ने, गाईको पुजा गर्नेले पुजा गर्न पाउनुपर्ने र काटेर मासु खानेले खान पाउनुपर्ने ब्यबस्था हुनुपर्ने।
६) ब्रिटिश गोरखाहरुको न्यायोचित माग र मुद्दाहरुमा सहकार्य र एक्यबद्धता जनाउने ।
७) मगर एकता निर्माण गर्दै सबै मगर हरुलाई नेपाल मगर संघ को संजालमा गोलबन्ध गर्ने ।
८) ILO-169 र UNDRIP लगायतका अन्तराट्रिय सन्धीहरुको पुर्ण कार्यन्वयन गराउने ।
९) मगरहरुको मौलिक भाषा, सस्कार सस्कृति परम्पराहरुको संरक्षण सम्बर्धन गर्ने कार्यक्रमहरु बनाउने। —— आदि हुन्।

ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY