बिशेष परिपत्र ! हिरासिङ थापामगरको शोकसभा सम्बन्धमा !

बिशेष परिपत्र ! हिरासिङ थापामगरको शोकसभा सम्बन्धमा !

8
0
SHARE

—–
भाषाबिद (मगर शब्दकोष लेखक) तथा इतिहासकार र नेपाल मगर संघ केन्द्रीय समितिको सल्लाहकार हिरासिङ थापामगरको दु:खद निधनले हामी सबै स्तब्ध भएका छौ । उहाको दु:खद निधन पश्चात नेपाल मगर संघ केन्द्रीय समितिको आकश्मिक केन्द्रीय बैठक अध्यक्ष नबीन रोकामगरको अध्यक्षतामा बशी तपशिल बमोजिमको निर्णय गरिएको छ ।
१) मिति २०७५/०१/१२ गते राती भएको उहाको निधनले मगरहरुको भाषा बिकास र संरक्षण अभियानको एक महत्त्वपूर्ण हस्ती गुमेको ठहर गर्दै उहाले देखाएको मार्गमा हिड्न प्रेरणा आएको आत्मसात गर्दै केन्द्रीय कार्यालयमा शोक सभाको आयोजना गरि संघको झण्डा ओढाउने निर्णय गरिएको छ । र उहाको पर्थिव शरिर २०७५/०१/१३ गते दिनभर केन्द्रीय कार्यालय परिसरमा राख्ने निर्णय गरिएको छ ।
२) हिरासिङ थापामगरको स्मरणमा नेपाल मगर संघको देश-बिदेशमा रहेको सबै शाखा/सस्थाहरुको कार्यालयमा शोकपुस्तिका राखेर झण्डा आधा झुकाउने र तिन दिन कुनै औपचारिक कार्यक्रमको आयोजना नगर्ने निर्णय गरिएको छ ।
३) उहाको पार्थिव शरीरलाई परासी जिल्लाको बर्दघाट स्थित मगर बुद्ध समाजको जग्गामा भोली (२०७५/०१/१४) जिल्ला स्तरीय शोकसभाको आयोजना गरि समाधी गर्ने निर्णय गरिएको छ ।
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ केन्द्रीय समिती

NO COMMENTS

LEAVE A REPLY