२३औ विश्व आदिवासी दिवस सम्बन्धि बैठक सम्पन्न

२३औ विश्व आदिवासी दिवस सम्बन्धि बैठक सम्पन्न

5
0
SHARE

२३औ विश्व आदिवासी दिवस सम्बन्धि बैठक सम्पन्न:
—-
नेपाल मगर संघ केन्द्रिय कार्यालयमा आज (२०७४ श्रावण १९ गते) २३औ विश्व आदिवासी दिवस २०१७ लाई भब्य र सभ्य रुपले सम्पन्न गर्न पुर्व तयारी बैठक संघको केन्द्रिय उपाध्यक्ष गंगा खासुमगरको अध्यक्षता र केन्द्रिय महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरणमा सम्पन्न भएको छ। बैठकले २०७४ श्रावण २१ गते शनीवार राष्ट्रिय नाचघर जमल काठमाडौँमा संघले आयोजना गर्ने “एकीकृत मगरात सहितको संघियता र आदिवासी जनजाति बिषयक अन्तरक्रिया कार्यक्रममा सबैको सहभागिता बनाउने, २५ गते ११ बजे देखि भृकुटीमण्डप देखि सुरुहुने बृहत र्यालीमा झण्डाब्यानर र झाकी सहित काठमाडौँमा क्रियाशील संघ मातहतको हरेक संघ/सस्थाहरुबाट कम्ति मा ३०० जना भन्दा बढी सहभागी बनाउने निर्णय गरिएको छ।
आकस्मिक बैठकमा संघको केन्द्रिय सचिव रक्षाबहादुर रैकामगर, केन्द्रिय कोषाध्यक्ष कमला थापामगर, संघको ललितपुर जिल्ला अध्यक्ष कृष्ण रानामगर, काठमाडौँ जिल्ला उपाध्यक्ष रघु थापामगर, मगर बिद्यार्थी केन्द्रिय अध्यक्ष कमल थापामगर, मगर महिला संघ केन्द्रिय महासचिव धनकुमारी रानामगर र यमुना तारामीमगर लगाएतको मगर सस्था प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
—-
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY