संविधान संशोधन र स्थानीय तह निर्वाचनमा मगर समुदायको भूमिका सवालमा छलफल कार्यक्रम...

संविधान संशोधन र स्थानीय तह निर्वाचनमा मगर समुदायको भूमिका सवालमा छलफल कार्यक्रम संयुक्त मगर मन्च नेपाल र मगर संघ संस्थाहरूको सहभागितामा..

11
0
SHARE

संविधान संशोधन र स्थानीय तह निर्वाचनमा मगर समुदायको भूमिका सवालमा छलफल कार्यक्रम संयुक्त मगर मन्च नेपाल र मगर संघ संस्थाहरूको सहभागितामा एकीकृत मगरात सहितका मगर मुद्दाहरूलाई संविधानमा संशोधन गराउन आन्दोलन जारी राख्ने तर वर्तमान विकसित परिस्थितिलाई मध्य नजर गर्दै नीतिगत रूपमा मुद्दाका लागि असहमति रहेता पनि स्थानीय तहको चुनावलाई सदुपयोग गर्न सवै मगर उम्मेदवार साथै पहिचान र अधिकार पक्षधर गैह्र मगर उम्मेदवारहरूलाई मतदानमा सहयोग गर्ने र आपसी हार्दिकता बचाउन वा चुनावमा दुरूपयोग नहुन यूवाहरूलाई आव्हान गर्ने निष्कर्ष ।कार्यक्रमको प्रायोजन मगर समुदाय सहित देशको आर्थिक समृद्धिका लागि स्थापित रिडी ईन्भेष्टमेण्ट पब्लिक कम्पनीले गरेको थियो भने विषयवस्तु संघका केन्द्रीय सल्लाहकार झकेन्द्र घर्ती मगरले प्रस्तुत गर्नु भएको थियो।यो साझा बुझाईलाई नेपाल मगर संघको संजालमा रहेका स्वदेश वा विदेशका संघ संस्थाहरूलाई जानकारी गराउन र अभियान चलाउन अवगत गरिन्छ।
एकीकृत मगरात पहिचान र अधिकार प्राप्तिको अभियान = जारी छ ।
जय मगरात नेपाल ।।
नवीन रोका मगर
अध्यक्ष

NO COMMENTS

LEAVE A REPLY