नेपाल सरकार र राजनैतिक दलहरूले आदिवासी जनजाति आन्दोलनसंग गरेका सहमति तथा संझौता...

नेपाल सरकार र राजनैतिक दलहरूले आदिवासी जनजाति आन्दोलनसंग गरेका सहमति तथा संझौता कार्यान्वयन वा आदिवासी जनजातिहरूको…

21
0
SHARE

नेपाल सरकार र राजनैतिक दलहरूले आदिवासी जनजाति आन्दोलनसंग गरेका सहमति तथा संझौता कार्यान्वयन वा आदिवासी जनजातिहरूको सांस्कृतिक भाषिक र राजनैतिक अधिकार सुनिश्चित गराउन वर्तमान संविधानमा लेखिएको स्वायत्त क्षेत्र, बिशेष क्षेत्र र संरक्षित क्षेत्रको अधिकार साथै जातिय पहिचान र अधिकार सहितको संघीयता लगायतका आदिवासी जनजातिका मुद्दाहरू राज्य र राजनैतिक दलहरूले वर्तमान संविधान संशोधन गरेर संवोधन नगर्दा सम्म नेपाल आदिवासी जनजाति महासंघको २०७३ साल चैत्र २९ र ३० गते को २ दिने राष्ट्रिय भेलाले स्थानीय तहको निर्वाचनमा सहभागी नभएर अस्वीकार गर्ने गरेको निर्णयसंगै नेपाल मगर संघले समेत नीतिगत रूपमा महासंघको धारणालाई अंगीकार गर्दै मगरातभूमीको क्लस्टरलाई एक ठांऊमा ल्याउने गरी नेपाल सरकारव्दारा संसदमा पेश गरिएको संशोधन प्रस्ताव फिर्ता गरी सिमांकनको प्रस्ताव थांती राखेकोमा मगर समुदाय र नेपाल मगर संघले गंभीर आपत्ति जनाएको छ। मगर समुदाय र नेपाल मगर संघले उठाएका मुख्य मुद्दा संबोधनसंगै मगर समुदाय नीतिगत र व्यवहारिक रूपमा चुनावमा होमिनेछन।यो निर्णय कुनै व्यक्ति र राजनैतिक दल विशेषको नभएर मगर समुदाय लगायतका उत्पीड़ित जनताका अधिकार र भविष्यका लागि नै हो। अबको कुनै पनि चुनाव कुनै व्यक्ति र वर्गलाई स्थापित गराउने भन्दा पनि जनतालाई आफ्नो पहिचान र अधिकार दिलाउदै राज्यको शक्ति, अवसर र अधिकार सामान्य जनताको पहुंच र घर दैलोमा पुर्याई दिनु हो तर जनताका पहिचान र अधिकार खोसेर पंचायती शैलीमा स्थानीय तहको निर्वाचन गराउदाअस्वीकार गरेका हुन।यसलाई गंभीरता पुर्बक लिएर जनताका आवाजलाई संबोधन नगर्दासम्म हजार पटक चुनावको वहाना गरे पनि देशले सहि गति लिन सक्दैन।जब चुनावमा सहभागिता हुने भईसकेपछि मगर वा उत्पीड़ित जनता का मुद्दा पक्षधर उम्मेदवारहरू जुनसुकै पार्टी वा क्षेत्रका भए पनि सहयोग गरी विजय गराउन सम्पूर्ण मगरजनलाई अनुरोध गर्दै सबै राजनैतिक दलहरूलाई यो स्थानमा स्थापित गर्न रगत र पसिना खर्चेका हरेक दलमा आबध्द मगर समुदायका राजनैतिककर्मीहरूलाई वढि उम्मेदवारको टिकट दिलाउन सबै दलहरूलाई अनुरोध र जानकारी गरिन्छ।नेपाल मगर संघको यो स्पिरीट र निर्णय अनुसार स्वदेश तथा विदेशमा रहेका मातहतका संगठनहरूलाई अगाडी वढन जानकारी गरिन्छ।साथै विचार आस्था फरक भए पनि मगर मुद्दा वा सवालमा एक हुन र मगर मुद्दा को बिरूध्दमा नजान पनि विशेष अनुरोध छ। एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्ति अभियान =जिन्दाबाद ।। जय मगरात नेपाल


नवीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY