मगर संघको आकस्मिक बैठकको निर्णयहरू (२०७३ पौष ९)

मगर संघको आकस्मिक बैठकको निर्णयहरू (२०७३ पौष ९)

21
0
SHARE

मगर संघको आकस्मिक बैठकको निर्णयहरू:
—————-
नेपाल मगर संघ केन्द्रीय समितिको काठमाडौं मा उपलब्ध पदाधिकारी र सदस्यहरु त्यसैगरी भात्री सस्थाको अध्यक्ष तथा प्रतिनिधिहरु र काठमाडौं ललितपुर भक्तपुरको जिल्ला पदाधिकारीहरुको उपस्थितिमा आज २०७३ पौष ९गते० केन्द्रीय कार्यालयमा आकस्मिक बैठक सम्पन्न गरेको छ । केन्द्रीय उपाध्यक्ष गङ्गा खासुमगरको अध्यक्षतामा भएको बैठकमा महासचिव ज्ञानेन्द्र पुनमगरले कार्यक्रमहरुको आबस्यकता, महत्त्व र औचित्य राखदै सुरु भएको बैठकले निम्न निर्णयहरू गरेको छ ।

१) मगरात राष्ट्रिय सम्मेलन:
पोखरा, लिबाङ, बाग्लुङ र तानसेनमा मगरात जनसभा सकेर केन्द्रीय स्तरमा यहि मिति २०७३ पौष १६ र १७ गते ूमगरात राष्ट्रिय सम्मेलनू गर्ने निर्णय गरेकोछ । जनसहभागिताका लागी काठमांडौमा रहेका मगर सँघ काठमांडू, ललितपुर भक्तपुर जिल्ला समितिबाट कम्तिमा २०० जना, संघको भातृसस्था महिला संघबाट १०० जना, विद्यार्थी संघबाट १०० जना, सम्पर्क समन्वयबाट १०० जना, युवा संघबाट ५० जना, भूपू सैनिक प्रहरी संघबाट ५० जना, धादिङ जिल्ला समितिबाट १०० जना, काभ्रे जिल्ला समितिबाट १०० जना, नुवाकोट जिल्ला समितिबाट १०० जना, सिन्धुपाल्चोक जिल्ला समितिबाट ५० जना, रसुवा जिल्ला समितिबाट ५० जना, मकवानपुर जिल्ला समितिबाट ५० जना, चितवन जिल्ला समितिबाट ५० जना, प्रस्तावित मगरात प्रदेशका जिल्ला समितहरुबाट १०/दश जना, र देशभरिका जिल्लाबाट ३/तीन जना सहभागिता हुनका लागि निर्देशन जारी गर्ने निर्णय गरिएको छ । मगरात राष्ट्रिय सम्मेलनको पहिलो दिन उद्घाटन समारोह र दोस्रो दिन बन्द सत्र गर्ने र बन्द सत्रमा इतिहास, भाषा विज्ञहरुद्धारा मगरात सम्बन्धी कार्यपत्र प्रस्तुतिकरण गरि निर्चोडमा पुगी घोषणा पत्र जारी गर्ने निर्णय गरिने निर्णय गरिएको छ ।

२) मगर-माघेसकराती २०७३ सम्बन्धमा:
मगर समुदायको रास्तृय सास्कृतिक पर्व मगर(माघेसकराती पर्वलाई काठमाडौं उपत्यकामा सम्माननिय प्रधानमन्त्री ज्युको प्रमुख आतिथ्यतामा मगर माघेसकराती २०७३ को शुभकामना आदान प्रदान तथा मौलिक सास्कृतिक कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ ।

३) फागुन १५ (स्थापना दिवस):
नेपाल मगर संघको, मा ३५औं स्थापना दिवश तथा मगर एकता दिवशलाई साङ्गथनिक पर्वको रुपमा २०७३ फागुन १३, १४ र १५ काठमाडौं टुडिखेलमा आयोजना गर्ने भएको छ । यस स्थापना दिवसलाई पैतालिसौ चिण्डीके डुप्के तथा अन्तराष्ट्रिय मगर मञ्चको तेस्रो स्थापना दिवस को रुपमा नै सामुहिक आयोजना गर्ने निर्णय गरियो ।
यस बैठकमा संघ केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष गङ्गा खासुमगर, महासचिव ज्ञानेन्द्र पुनमगर, सचिब रेनुका काउचामगर, के।स। जिबन थापामगर, सास्कृतिक सङ्घ अध्यक्ष कबि मगर, सम्पर्क(समन्वय महासचिव होमराज खपाङ्गी मगर, काठमाडौं अध्यक्ष दब गर्बुजामगर, उपाध्यक्ष रघु थापामगर, युवा सङ्घ बरिस्ठ उपाध्यक्ष माया हिस्कीमगर, विभिन्न इकाई समितिका अध्यक्षहरु र मगर अभियानता हरुको सहभागिता रहेको थियो ।
बैठकमा मगर संघ यूकेका उपाध्यक्ष अनिता रानामगर तथा सल्लाहकार कुमार रानामगर लाई स्वागत गरिएको छ । स्वागत तथा भेटघाट कार्यक्रम केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न गरिएको छ ।
जय मगरात नेपाल ।।

——
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर सङ्घ

NO COMMENTS

LEAVE A REPLY