मगर संघले पौष १६ र १७ गते मगरात राष्ट्रिय सम्मेलन र माघ...

मगर संघले पौष १६ र १७ गते मगरात राष्ट्रिय सम्मेलन र माघ १ गते मगर–माघेसकराती–२०७३ कार्यक्रम मनाउने ।

13
0
SHARE

मगर संघले पौष १६ र १७ गते मगरात राष्ट्रिय सम्मेलन र
माघ १ गते मगर–माघेसकराती–२०७३ कार्यक्रम मनाउने ।
————————–————————–——–
नेपाल मगर संघ केन्द्रीय कार्यालयमा काठमाडौमा उपलब्ध पदाधिकारी सदस्यहरु र भातृसस्थाका अध्यक्षहरु, काठमाडौं ललितपुर र भक्तपुरका अध्यक्षहरुको बिचमा आकस्मिक बैठक सम्पन्न भयो । नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष गंगा खासुमगरको अध्यक्षता र महासचिव ज्ञानेन्द्र पुनमगरको सहजिकरणमा भएको बैठकले तपशिल बमोजिमको निर्णयहरु गरेको छ ।
१) मगरात राष्ट्रिय सम्मेलन
यहि २०७३ पौष १६ र १७ गते काठमाडौमा आयोजना हुने मगरात राष्ट्रिय सम्मेलनमा देशै भरिबाट प्रतिनिधीहरुको सहभागितामा भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएको छ । पहिलो दिनको उद्घाटन समारोहमा व्यापक सहभागिता बढाउनका लागि संघको भातृ सस्थाहरु, जिल्ला शाखाहरुलाई थप क्रियाशिल बनाउने निर्णय गरिएको छ ।

२) मगर–माघेसकराती–२०७३
मगर समुदायको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड मगर–माघेसकराती–२०७३ लाई काठमाडौमा २०७३ माघ १ गते भब्यताका साथ नेपालका प्रधानमन्त्री ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गर्ने निर्णय गरिएको यस कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष गंगा खासुमगरको संयोजकत्वमा उपत्यकामा रहनुहुने संघको केन्द्रीय पदाधिकारीहरु, केन्द्रीय सदस्यहरु, भातृसस्थाका अध्यक्षहरु र उपत्यका जिल्ला अध्यक्षहरु सदस्य रहने गरि “मगर–माघेसकराती चार्ड २०७३ मूल व्यवस्थापन समिति” गठन गरिएको छ । यस कार्यक्रमलाई प्रभावकारी व्यवस्थापनका लागि विभिन्न जिम्मेवारीहरु विभाजन गरिएको छ ।
क) स्टल तथा मञ्च व्यवस्थापनः राजेन्द्र थापामगर (सम्पर्क समन्वय समिति)
ख) कार्यक्रम स्थान व्यवस्थापनः होमराज खपाङ्गीमगर र कमल थापामगर
ग) पूजाआजा व्यवस्थापनः नेपाल मगर महिला संघ
घ) सास्कृतिक कार्यक्रम व्यवस्थापनः कवि मगर (नेपाल मगर सास्कृतिक संघ)
ङ) जनसहभागिता व्यवस्थापनः रक्षबहादुर रैकामगर र जीबन थापामगर
च) सम्मानीतहरुको व्यवस्थापनः जगत रेश्मीमगर र छत्र घलेमगर
छ) साउण्ड तथा निमन्त्रणा व्यवस्थापनः रघु थापामगर (मगर संघ, काठमाडौं)।
ज) आर्थिक व्यवस्थापनः रेणुका काउछामगर र पद्मा आलेमगर
झ) प्रत्यक्षप्रसारण व्यवस्थापनः दिपा आलेमगर र होमराज खपाङ्गीमगर ।
ञ) स्वयंसेवक परिचालनः कमल थापामगर र माया हिस्कीमगर (विद्यार्थी संघ र युवा संघ)
ट) प्रचार प्रसार व्यवस्थापनः मनोज घर्तीमगर र देब पचभैया (नेपाल मगर पत्रकार संघ) ।
थप जिम्मेवारीहरु आवश्यकता बमोजिम व्यवस्थापन समितिले बिभाजन गर्ने गरि निर्णय गरिएको छ ।
……………….
महासचिव
नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY