विषयः प्रेस विज्ञप्ति ।

विषयः प्रेस विज्ञप्ति ।

16
0
SHARE

श्री सम्पादक ज्यू ।
सञ्चार जगतका मित्रहरु……… अभिवादन ।

विषयः प्रेस विज्ञप्ति ।


बहुजातिय बहुभाषिक बहुसास्कृतिक लगायतका बहुलताले भरिपूर्ण देश नेपालको राज्य सत्तामा एउटै जाति भाषा सस्कृतिको एकाधिकार कब्जा भयो त्यसैको बिरुद्धमा समानता र सबैको न्यायका लागि पहिचान सहितको अधिकारका लागि आन्दोलन जारी रहेको सर्वविदितै छ । राज्यसत्तामा एकाधिकार जमाएर बसेका केहि मुठ्ठि भरका शासकहरु र न्याय र समानताका पक्षमा आन्दोलनकारीहरुको बिचमा संघर्ष भइरहेको वर्तमान परिवेशमा मगर समुदायको अधिकारमुखि सस्था नेपाल मगर संघ केन्द्रीय समितिले मगर समुदायको सघन बसोबास भएका क्षेत्रहरु, भाषिक सघनता भएका क्षेत्रहरु, मगर सास्कृतिक सभ्याता भएका क्षेत्रहरु, ऐतिहासिक भूगोलहरुलाई मध्येनजर गरि १९ जिल्लाको मगरात स्वायत्त प्रदेश हुनुपर्दछ भनेर लामो समय देखिको आन्दोलन अहिले तिब्र रुपमा चलिरहेको छ । मगरात सुनिश्चित गरिनुपर्दछ भन्ने नेपाल मगर संघ, संयुक्त मगर मञ्च र मगरात संघर्ष समितिको मागको विपरित मगरात भूमिलाई तीन टुक्रामा विभाजन गरिएको ७ प्रदेश ल्याइयो त्यस प्रति हामीले बिमती जनाएऔ ।

हाम्रो आन्दोलनको दवावमा वर्तमान सरकारले मगरात भूमि मध्येको अधिकतम भूमिलाई समेतेर ५ नम्बर प्रदेशको पहाडी भू–भागहरुलाई ४ नम्बरमा समायोजन गर्ने प्रस्तावलाई स्वागत गर्दै बाँकी माग र हक–अधिकार प्राप्तिका लागि थप संघर्ष गर्दै जाने योजना सहित नेपाल मगर संघ, संयुक्त मगर मञ्च र मगरात संयुक्त संघर्ष समितिले संयुक्त रुपमा आज रोल्पाको लिबाङमा आयोजना गरेको शान्पिूर्ण मगरात जनसभालाई बिथोल्ने ढंगले सत्ताधारी केही राजनैतिक पार्टी र प्रतिपक्षमा रहेका राजनैतिक पार्टीका कार्यकर्ताहरुले हस्तक्षेप गर्ने प्रयास गरिएको छ । तथाकथित अखण्ड ५ नम्बर प्रदेशको नाममा आयोजना गरिएको आन्दोलनको नाममा निकालिएको १५/२० जना शासकहरुको ¥यालीले शान्तिपूर्ण रुपमा आयोजना गरिएको मगरात जनसभालाई बिथोल्ने प्रयास प्रति नेपाल मगर संघ खेद प्रकट गर्दछ ।

उत्पीडितहरुको न्योचित मागलाई कमजोर बनाउन शासकहरुले जे जस्तो षडयन्त्र रचे पनि त्यसलाई बिफल बनाउन हाम्रो आन्दोलन निरन्तर जारी रहनेछ । समनताको पक्षमा हुने हाम्रो आन्दोलनलाई तुहाउने प्रयास कहि कतैबाट भयो भने त्यसको सशक्त प्रतिवाद नेपाल मगर संघ र मगर समुदायले गर्नेछन् त्यसबाट श्रृजना हुने परिणामको जिम्मेवार स्वयम राज्य पक्ष र राजनैतिक पार्टीहरु नै रहने यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गरिन्छ । साथै बाग्लुङमा पौष ६ गते, पाल्पामा पौष ८ गते र काठमाडौमा पौष १३ र १४ गतेमा मगरात जनसभाहरुको आयोजना हुने हुनाले उपश्थितिका लागि सबैमा हार्दिक अनुरोध गर्दछौ ।
जय मगरात नेपाल ।


ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY