मगरात प्राप्ति बिषयक छलफल कार्यक्रम सम्पन्न !

मगरात प्राप्ति बिषयक छलफल कार्यक्रम सम्पन्न !

11
0
SHARE

मगरात प्राप्ति बिषयक छलफल कार्यक्रम सम्पन्न !

15369150_1361692140540012_7449650571714180801_oनेपाल मगर संघ केन्द्रीय समितिव्दारा आयोजनामा राजनैतिक तथा सामाजिक नेता/अगुवा वा अभियन्ताहरूको व्यापक सहभागितामा “मगरात स्वायत्त प्रदेश” प्राप्ति बिषयक रणनितिक छलफल कार्यक्रम सम्पन्न भएको छ। सरकारले प्रदेशको सिमाना परिवर्तनको सवालमा प्रसताव गरेको मगरात क्लस्टरको सवालमा सकारात्मक भएको निष्कर्ष निकालदै स्वायत्त मगरात प्रदेश स्थापना, जातिय जनसंखयाको आधारमा पुर्ण समानुपातिक प्रतिनिधितव, राज्यको बहुभाषिक निति लगायतका मुद्दाहरू संवोधन गराउन थप आन्दोलन को कार्यक्रम घोषाणा गर्न २०७३ मङ्सिर २५ गते पोखरामा “मगरात प्रदेश भेला” आयोजना गरने योजना सहित् छलफल सम्पन्न भएको छ।
छलफल कार्यक्रम पुर्व अर्थ मन्त्रि वर्षमान पुनमगरको प्रमुख आतिथ्यता, धेरै मगर अगुवा/सललाहकारहरूको आतिथ्यता, सललाहकार झकेन्द्र घर्तिमगरको छलफलपत्र प्रस्तुतिकरणमा भएको कार्यक्रमको अध्यक्षता संघको केन्द्रीय अध्यक्ष नबीन रोकामगरको अध्यक्षता, पूर्व सभासद् सुर्दशन बरालमगरको कार्यक्रमको औचित्य तथा स्वागत मन्तव्य र संघको केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

15369189_1361692907206602_2622384286773477344_o
कार्यक्रममा मगर अगुवाहरु क्रमशः महेन्द्र थापामगर, क्या. यामबहादुर बुढाथोकीमगर, सुरेश आलेमगर, क्या. देउबहादुर रानामगर, रामबहादुर थापामगर, उजिर मगर, माननीय तुलसा रानामगर, अधिवक्ता श्रीप्रसाद बुढाथोकीमगर, सञ्जोग लाफामगर, माधव दर्लामीमगर, राम जर्घामगर, रघु थापामगर, दिपक थापामगर, निरज पुनमगर, दिपेन्द्र पुनमगर लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

प्रस्तुतिकरणः
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY