संविधान फेरी संशोधन गरेर सबै बर्ग,समुदाय, क्षेत्र र महिलाको अधिकार संवोधन गर्ने...

संविधान फेरी संशोधन गरेर सबै बर्ग,समुदाय, क्षेत्र र महिलाको अधिकार संवोधन गर्ने वहस चलि राख्दा प्रस्तावित मगरात प्रदेशलाई नै फेरी फरक ढंगले..

13
0
SHARE

संविधान फेरी संशोधन गरेर सबै बर्ग,समुदाय, क्षेत्र र महिलाको अधिकार संवोधन गर्ने वहस चलि राख्दा प्रस्तावित मगरात प्रदेशलाई नै फेरी फरक ढंगले तीन चिरा पारी मगरातको टेक्ने ठांऊ पनि नराख्ने जुन खाका बाहिर ल्याउने सूचना मेडियामा आएकोमा नेपाल मगर संघ र मगरात संयूक्त संघर्ष समितिको गंभीर ध्यानाकर्षण र आपत्ति छ।यदि जबरदस्त कुनै राजनैतिक दल र नेताहरूले मगरात चिर्ने निर्णय र कार्य गरेमा त्यसको बिरूध्दमा जस्तेा सुकै कदम चाल्न पनि हामी बाध्य हुनेछौं वा त्यो दिनदेखि एकिकृत मगरात सहितको संघीय गणतन्त्र नयां नेपालको पक्षमा देशमा फेरी फायर खुल्नेछ यसको जिम्मेवारी राज्य र राजनैतिक दलहरू हुनु पर्नेछ।त्यसैले मगरात बिरोधी निर्णय कदापि नगर्न समयमा ध्यानाकर्षण गराउन चाहन्छौं।


जय मगरात नेपाल ।।।
नबीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

नोट: (रोल्पा ,रूकुम,प्यूठान, अर्घाखाची, पाल्पा, गुल्मी, बाग्लुङ्ग, म्याग्दी पुरा जिल्ला) सल्यान, दाङ्ग, रूपन्देही, नवलपरासी, स्याङ्जा, तनहु, गोरखा, लम्जुङ, डोल्पा, मुस्ताङ्ग लगायतका जिल्लाहरूको केही भुभागहरू समेतको मगरात स्वायत्त प्रदेश हामी चाहन्छौं।
अब जमेर लडनु पर्ने भो सबै जना एक हौं।

NO COMMENTS

LEAVE A REPLY