बिधार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

बिधार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न

8
0
SHARE

2073 साल सावन 15 गतेका दिन नेपाल मगर संघ काठमाण्डौले संघका उपाध्यक्ष रघु थापा मगरको अध्यक्षता र नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नबीन रोका मगरको प्रमुख आतिथ्यतामा प्रज्ञा भवन कमलादी काठमाण्डौमा यो बर्षको SLC पास मगर बिधार्थी सम्मान तथा बधाई कार्यक्रममा मगर बिधार्थी र मगर बरिष्ठ लेखक हिरासिङ थापा मगर, बरिष्ठ मगर चलचित्र कर्मी युवराज मास्की राना मगर,बरिष्ठ गायिका तारा थापा मगर र जीब बिज्ञानका PHD Holder अनुषा थापा मगरलाई सम्मान गरी भव्यताका साथ कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष नबीन रोका मगरले अबको कुनै पनि बिधार्थीले औपचारिक शिक्षा मात्रै नभएर अनौपचारिक रूपमा आफ्नो समाज र देशलाई नपढने हो भने त्यो शिक्षा दुनियामा सबै भन्दा कमजोर साबित हुनेछ।त्यसैले पुर्खाले हस्तांतरण गरेको मगरात पहिचान र अधिकारलाई राज्यले स्वीकार वा ईन्कार गरेको छ?खोजी गर्नुस भन्नु भयो। साथै शिक्षा सबै अबसर र संभावनाको मुल ढोका भएकोले योग्य नागरिक बन्न हरेक मानवको लागि शिक्षा अनिवार्य शर्त हो समेत भन्नु भयो।

NO COMMENTS

LEAVE A REPLY