पुर्ब माननीय मन्त्री गोरे बहादुर खपाङ्गी ज्यूको थप उपचारका लागि मगर संघ...

पुर्ब माननीय मन्त्री गोरे बहादुर खपाङ्गी ज्यूको थप उपचारका लागि मगर संघ कतार शाखाव्दारा प्रदान पचीस हजार रूपैया आर्थिक सहयोग घर परिबारलाई हस्तांतरण

17
0
SHARE

आज 2073 साल सावन 11 गतेका दिन नेपाल मगर संघका पुर्ब केन्द्रीय अध्यक्ष तथा पुर्ब माननीय मन्त्री गोरे बहादुर खपाङ्गी ज्यूको थप उपचारका लागि मगर संघ कतार शाखाव्दारा प्रदान रू. 25,000। पचीस हजार रूपैया आर्थिक सहयोग घर परिबारलाई हस्तांतरण गर्न नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबीन रोका मगर, केन्द्रीय सदस्य छत्र घले मगर, खपाङ्गी फाउन्डेशनका अध्यक्ष होम थापा मगर ,कोरिया मगर संघका सचिव किरण थापा मगर लगायतका अभियन्ता सहभागि भएर अध्यक्ष नबीन रोका मगरले सरकारी नीति अति जातिबादी र विभेदकारी छ कि छैन भन्ने कुरा अरू पुर्ब मन्त्रीहरूलाई सरकारले निशुल्क उपचार गर्ने तर खपाङ्गीलाई नगर्ने गरेको व्यवहारवाट जातिय बिभेद नेपालमा अझै छ भन्ने कुराको पुष्टि हुन्छ भन्दै आपत्ति जनाउनु भयो।हिजो देश र जनतालाई जातिय बिभेद र बर्गीय उत्पीड़नले दुख्दा खपाङ्गीले लडनु भयो अहिले खपाङ्गीलाई दुख्दा हामी सबैलाई दुख्नु पर्दछ र सकेको आर्थिक सहयोग गरी उहांको जीवन बचाउन विश्व भरीका सम्पूर्ण महानुभावहरूलाई बिशेष अपिल गर्नु भयो।

NO COMMENTS

LEAVE A REPLY