जरूरी सूचना

जरूरी सूचना

2
0
SHARE

संघीय लोकतांत्रिक गणतन्त्र नेपाललाई नयां संरचनामा अभ्यास गर्ने सवालमा नेपाल सरकारव्दारा बाला नन्द पौडेलको नेतृत्वमा गठित स्थानीय सिमांकन तथा नामांकन समितिले अब 565 गांऊ पालिका/ नगर पालिका हुनेछ भनी जनताको सल्लाह सुृझाब बिना नै प्रत्येक जिल्ला बिकास समितिको LDO को नेतृत्वमा सुचना लिएर खाका सार्वजनिक गरी सकेकोले नेपाल मगर संघ केन्द्रीय समितिको गंभीर ध्यानाकर्षण भएको छ।शासकहरूले मगर लगायतका आदिवासी जनजाति हरूको ऐतिहासिक पहिचान एकपछि अर्को हतकण्डा गरेर मेटाउने काम गरेकाले आफ्नो पुर्ख्यौंली मगरात पहिचान बचाउन मगर भाषिक,सांस्कृतिक र ऐतिहासिक सामाजिक सघनता नभत्किने गरी वा आफ्नो मगर ईतिहास,भाषा र संस्कृतिमा राखिएका नाम यथावत गांऊ पालिकाको नामांकन हुनु पर्ने गरी सम्पूर्ण मगर,आदिबासी जनजाति र अन्य सामाजिक तथा राजनैतिक अभियन्ता नेता वा अगुवाहरूमा जागा रहेर सुझाव र दबाव दिन स्वदेश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाल मगर संघ/संस्था र **संयुक्त मगर मन्च,नेपाल**लगायतका सरोकारवाला पक्ष वा निकायहरूलाई यहि सूचना सहित कर्तव्य पालनाका लागि निर्देशन गरिन्छ।
।।जय मगरात नेपाल ।।
नबीन रोका मगर
अध्यक्ष
नेपाल मगर संघ केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY