हार्दिक बधाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न

हार्दिक बधाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न

5
0
SHARE

हार्दिक बधाई तथा शुभ-कामना कार्यक्रम सम्पन्न:
..
नेपाल मगर संघ केन्द्रिय समितिले नेपाल सरकारको विभिन्न तहमा नियुक्त तथा पदोन्नति हुनु भयका मगर समुदायका राष्ट्रसेवकहरुलाई हिजो मिती २०७३ असार १६ गतेका दिन केन्द्रिय मगर भवन कलंकीमा एक समारोहको बिचमा “बधाई तथा शुभ-कामना ” प्रदान गर्ने कार्यक्रम आयॉजना गर्यो !
नेपाल सरकारका आपूर्ति मन्त्री माननीय गणेशमान पुनमगरको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नबीन रोकामगरले, संचालन नेपाल मगर संघ केन्द्रिय समितिको महासचिव ज्ञानेन्द्र पुनमगरले र स्वागत मन्तब्य रेनुका काउचामगरले गर्नु भएको थियो सर्यक्रममा नेपाल मगर कर्मचारी संघको अध्यक्ष तिलबहादुर थापामगर ले शुभकामना भनाइ राख्नु भएको थियो।
कार्यक्रममा नेपाल सरकारको २०७२/०७३ मा सहसचिवमा उत्तिर्ण उदय बहादुर रानामगर, उपसचिवहरु आनन्द शारुमागर, दिल बहादुर पुनमगर, नरेन्द्र रानामागर र सुष्मा रानामगर त्यसैगरी शाखा अधिकृतमा किरण थापामगर (Gold Medalist), जिबन आलेमगर, रामचन्द्र आलेमगर, रोशन पुनमगर, सम्राट थापामगर, जितेन्द्र बलामीमगर, तुलबहादुर काउचामगर, मिनबहादुर घर्तिमगर, लक्ष्मी थापामगर, भोला कुमार आले मगर, जितबहादुर रानामगर, इश्वर थापामगर, देबेन्द्र थापामगर, बालकृष्ण रानामगर साथै बक्शिंग खेलको रास्ट्रीय प्रशिक्षकमा नियुक्त हुनुहुने प्रकाश थापामगर लगायतलाई हार्दिक बधाई तथा कार्यसफलताको शुभकामना स्वरुप खादा लगाई सम्मान पत्र प्रदान गरिएको थियो।

महासचिव
नेपाल मगर संघ केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY