मगर संघ केन्द्रीय समितिको दोस्रो बैठकको केही महत्पूर्ण निर्णयहरु

मगर संघ केन्द्रीय समितिको दोस्रो बैठकको केही महत्पूर्ण निर्णयहरु

29
0
SHARE

मगर संघ केन्द्रीय समितिको दोस्रो बैठकको केही महत्पूर्ण निर्णयहरुः

नेपाल मगर संघ केन्द्रीय समितिको दोस्रो नियमित पूर्ण बैठक संघको केन्द्रीय कार्यालय कलंकी काठमाडौंमा मिति २०७३।०२।१४ गते शनिवारका दिन संघको अध्यक्ष नबीन रोकामगरको अध्यक्षतामा बसी गरेका केही महत्वपूर्ण निर्णयहरुः

निर्णय नं. १) वार्षिक कार्ययोजना तथा ४ वर्षे योजना सम्बन्धमा ः
संघको नियमित कार्याक्रमहरु, सचेतनामूलक कार्यक्रमहरु र अधिकारका लागि गरिने संघर्षको कार्यक्रमहरु गरेर तीन खण्डमा तयार गरिएको नेपाल मगर संघको आगामी ४ वर्षे योजना पारित गरियो ।

निर्णय नं. २) कार्यालय व्यवस्थापन सम्बन्धमा ः
संघको केन्द्रीय कार्यालयको व्यवस्थापन सम्बन्धी छलफल गरि कार्यालयको रिपेरिङ्ग, रङ्गरोगन लगायतको कार्य गर्ने यसको संयोजन गर्नका लागि केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरियो ।

निर्णय नं. ३) एकिकृत मगरातका लागि गरिने संघर्षका सम्बन्धमा ः
नेपालको सविधान २०७२ ले मगरहरुको ऐतिहासिक थातथलो तथा मगरात भूमिलाई तीन भागमा विभाजन गरेको प्रति विरोध जनाउदै तपशिल बमोजिमका कार्यहरु गर्ने निर्णय गरियो ।
क) उपत्यकामा यथाशिध्र मगरात र मगर अधिकार सम्बन्धी सर्वपक्षिय कार्यशाला गोष्ठीको आयोजना गर्ने ।
ख) मगरात क्षेत्र स्तरिय मगरात भेला मगरात क्षेत्रमा नै आयोजना गर्ने ।
ग) जातिय संस्थाहरुसंग सहकार्य गर्दै पहिचानको आन्दोलनलाई निर्णायक तहमा पु¥याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने ।
घ) मगरातको थप विस्तृत योजना तथा अध्ययन गर्नका लागि भूगोलविद, मगरात सम्बन्धी इतिहासकार र जनसंख्याविद् रहने गरि एक स्वतन्त्र कार्यदल गठन गर्ने यसका लागि सचिवालयलाई जिम्मेवारी दिने ।
ङ) मगरको गाउवस्तीमा जाँउ, सबै मगरहरुलाई बिउझाउ अभियान लिएर मगरात सम्बन्धी सन्देश लिएर मगरहरुको घरदैलोमा पुग्ने ।
च) मगरहरुको हक अधिकार र मगरातको सवालमा राज्य पक्षलाई दवाव दिनका लागि ज्ञापन पत्र बुझाउने ।
छ) संयुक्त मगर मञ्चसंग समन्वय गरि मगरात अधिकार प्राप्तिको संघर्षको थप कार्यक्रमहरु तय गर्ने ।
ज) संविधानमा मगर समुदायलाई प्रभावित पर्ने धारा उपधाराहरुको निर्केयौल गर्न अधिवक्तहरुको कार्यदल बनाउने यसका लागि सचिवालयलाई जिम्मेवारी दिने ।
झ) मगरातको सिमानाहरुमा साइन बोर्डहरु राख्ने

निर्णय नं. ४) संघको संगठन सम्बन्धमा ।
नेपाल मगर संघको आन्तरिक संगठनलाई मजबुडिकरण गर्नका लागि “जहा मगर त्यहाँ मगर संघ, जहा मगर पहिचान त्यहा मगरात स्वायत्तता” भन्ने सांगठनिक नारा सहित संघको संगठनलाई गतिशिल र सशक्त बनाउने निम्न निर्णय गरियो ।
क) नेपाल मगर संघको ११औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित पदाधिकारी सदस्यहरु जसको जिल्ला समिति वा भातृसंस्थामा पदिय जिम्मेवारी भएको खण्डमा विधानमा भएको प्रावधान बमोजिम तल्लो निकायको पद स्वतहः खाली हुन जाने हुदा जिम्मेवारी हस्तान्तरण गर्ने र कार्य अवधी पुगेकाहरुले ६ महिना भित्रै अनिवार्य अधिवेशन गर्ने ।
ख) संघको सांगठनिक संरचनालाई सबै मगरहरुको घरआँगन सम्म पु¥यानका लागि संगठन विस्तार लाई तिब्रता दिदै ७५ वटै जिल्लाहरुको मगर बस्तीहरुमा समितिहरु बिस्तार गर्ने ।
ग) विधानत अवधी पुगेका जिल्ला समितिहरु, भातृसस्था र बैदेशिक शाखाहरुलाई अबको ६ महिना भित्रै अनिवार्य अधिवेशन गर्नु पर्ने ।
घ) पाच वटा विकास क्षेत्रमा क्षेत्रिय स्तरको प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्न क्षेत्रका प्रमुखहरुलाई जिम्मेवारी दिने ।

निर्णय नं. ५) आर्थिक व्यवस्थापन सम्बन्धमा ।
संघको केन्द्रीय कार्यालय तथा भावी कार्यक्रमहरुको लागि आर्थिक व्यवस्थापनका कार्यक्रमहरु तय गरि योजना तयार गर्नका लागि केन्द्रीय कोषाध्यक्ष कमला थापामगरलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

निर्णय नं. ६) मगर भाषिक साहित्यिक सास्कृतिक जागरण सम्बन्धमा ।
मगरमा रहेको भाषिक विविधताको संरक्षण सम्बद्र्धन र जर्गेना गर्नका लागि हरेक वर्षमा एक पटक भाषिक साहित्यिक सास्कृतिक सम्मेलनको आयोजना गर्ने र यस क्षेत्रमा अध्ययान गर्नका लागि सम्बन्धित भाषिक प्रमुखहरु तथा उपाध्यक्षहरुको संयोजकत्वमा पाँच पाँच सदस्य विषयगत समिति गठन गर्ने निर्णय गरिएको छ ।

निर्णय नं. ७) मगर मुखपत्र प्रकाशन सम्बन्धमा ।
नेपाल मगर संघको गतिविधी तथा सन्देशमूलक र विचार प्रधान पत्रिकाको रुपमा अर्धवार्षिक रुपमा मगर प्रकाशन गर्ने र हरेक २÷२ महिनामा संघको गतिविधीहरुमा केन्द्रीय भएर मगर बुलेटिन प्रकाशन गर्ने जसका लागि नेपाल मगर पत्रकार संघ संग समन्वय गरेर प्रकाशन गर्नका लागि सञ्चार सचिव खड्क बुढामगरलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।
र एकिकृत मगरात स्वायत्त प्रदेश सम्बन्धी बुकलेट प्रकाशान गर्ने निर्णय गरियो ।

निर्णय नं. ८) विधान संशोधन सम्बन्धमा ।
संघको विधानलाई समय अनुकुल संशोधन गर्नका लागि ११औं राष्ट्रिय महाधिवेशनबाट गठन गरिएको विधान संशोधनका लागि सुझाव समितिसंग समन्वय गरि कार्यगर्नका लागि कार्यालय परिषदलाई जिम्मेवारी दिने निर्णय भएको छ ।

निर्णय नं. ९) मगरहरुलाई लोकसेवामा प्रवेश गराउने सम्बन्धमा ।
मगरहरुको क्षमता अभिवृद्धि गरि सरकारी निकायहरुमा मगरहरुको संख्या बढाउनका लागि उपयुक्त नीति तथा योजना तय गर्नका लागि सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

निर्णय नं. १०) मगर अन्तराष्ट्रिय मञ्चको कार्ययोजना सम्बन्धमा ।
नेपाल मगर संघको संरक्षकत्वमा निर्माण भएको मगर अन्तराष्ट्रिय मञ्चको आगामी कार्ययोजना तय गर्नका लागि संघको विदेश सचिव रक्षबहादुर रैकामगरको संयोजकत्वमा केन्द्रीय सदस्यहरु चन्द्र ज्योति आलेमगर, छत्र घलेमगर र शान्ती कुवर थापामगरलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । विदेशमा अस्थायी र स्थायीरुपमा बसोबास गर्ने नेपाली मगरहरुको अभिलेख संकलन गरि विश्व मगर महासंघको आधार तयार गर्न समेत जिम्मेवारी दिइएको छ ।

निर्णय नं. ११) मगर चलचित्र निर्माण तथा वितरण सम्बन्धमा ।
मगर समुदायको भाषा, संस्कार सस्कृति, भेषभुषा र इतिहासको जर्गेना गर्ने गरि निर्माण हुने चलचित्रहरुलाई मगर चलचित्र भनिने र मगर चलचित्र निर्माण र वितरण गर्ने जिम्मा मगर चलचित्र कर्मी संघलाई दिने र यसको निर्माण भन्दा अगावै कथाको सेन्सर र छयाङ्कन पश्चात सेन्सर गर्ने जिम्मा नेपाल मगर संघको प्रतिनिधी र चलचित्रकर्मी संघको प्रतिनिधीलाई दिई वितरण गर्नेगरि निर्णय गरिएको छ ।

निर्णय नं. १२) मगर पत्रकारसंग छलफल कार्यक्रम सम्बन्धमा ।
मगरहरुका सवालहरुलाई सञ्चार माध्येमबाट आम जनतालाई सुसुचित गराई सचेतना अभिबृद्धि गर्नका लागि मगर पत्रकारहरुसंग छलफल कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको छ ।

निर्णय नं. १३) आगामी बैठक सम्बन्धमा ।
नेपाल मगर संघ केन्द्रीय समितिको आगामी नियमित तेस्रो पूर्ण बैठक बाग्लुङ्क जिल्लाको ढोरपाटनमा मिति २०७३ भाद्र १ गतेका दिन बस्ने निर्णय गरिएको छ ।

निर्णय नं. १४) संघको पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गीमगरको स्वाथ्यलाभको कामनाः
संघको पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गीमगरको स्वाथ्यलाभको कामना गर्दै उहाँको उपचारको सहयोगका लागि आम मानुभाव, नेपाल सरकार लगायतका निकायहरुलाई आर्थिक सहयोगका लागि पुनः आवहान गर्ने निर्णय गरिएको छ ।

निर्णय नं. १५) ढोरपाटन शिकार आरक्ष सम्बन्धितः
बाग्लुङ्ग, म्याग्दी, रोल्पा, रुकुम र प्यूठान जिल्लाको मगर समुदायको उद्गम भूमि र बसोबास भइरहेको ४४ वटा गाविसलाई बन तथा बन्यजन्तु संरक्षण ऐन अन्तरगत त्यहाँ अवस्थित ढोरपाटन शिकार आरक्षलाई बिस्तार गरि मगर समुदायको बस्तीलाई विस्थापित गर्नका लागि सेना परिचालन गरिएको प्रति घोर विरोध गर्दै नेपाली सेनालाई यथासक्य फिर्ता बोलाउन सम्बन्धित निकायहरुलाई माग गर्ने निर्णय गरिएको छ ।

निर्णय नं. १६) धन्यवाद सम्बन्धमाः
नेपाल मगर संघको ऐतिहासिक ११औ राष्ट्रिय महाधिवेशनलाई सभ्य र भव्यताका साथ सम्पन्न गर्नमा सहयोग गर्नुहुने सम्पूर्ण प्रतिनधि पर्यवेक्षक, आयोजक, अध्यक्षमण्डल, निर्वाचन समिति, सल्लाहरुकार, जिल्ला समिति चितवन, स्वयंसेवकहरु, सुरक्षा निकायहरु, पत्रकारहरु, आर्थिक भौतिक र नैतिक सहयोगी दाताहरु सबै प्रति धन्यवाद व्यक्त गर्ने निर्णय गरिएको छ ।

निर्णय नं. १७) विविध सम्बन्धमा ।
क) चर्चित फुटबल खेलाडी बिमल घर्तीमगरको बहिनी मनिषा घर्तीमगरको हत्या भएकोमा मर्माहत भई यस घटना प्रति घोरभत्सर्ना व्यक्त गर्दै यस बैठक हार्दिक समवेदना व्यक्त गर्दछ र यस घटनाको राज्यले निष्पक्ष छानवीन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही र पिडित परिवारलाई क्षतिपूर्तिको जोडदार माग गर्ने निर्णय गरिएको छ ।
ख) मगर संघको बैठकमा सहभागिता हुनका लागि मगर पोषाक (भेषभुषा) लगाउने निर्णय गरिएको छ ।

अन्त्यमा सबै तह र तप्काका सम्पूर्ण मगर अगुवा, पदाधिकारी, सदस्य, सबै तहका संघ तथा समितिहरु, भातृसंस्था, आबद्ध संस्थाहरु सबैलाई संघले अगाडि ल्याएका नीति तथा कार्यक्रमहरुको कार्यन्वयनका लागि आ–आफ्नो तह तप्काबाट सहयोग गर्नुहुन आवहान गर्दै वैठक सौहार्दपूर्ण बातावरणमा सम्पन्न भयो ।
जेधो, झोर्ले, सेमिङेपाऊ,
जय नेपाल मगर संघ ! जय मगरात !!

……………….
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY