प्रवासका मगर संघ नेतृत्वहरुलाई स्वागत कार्यक्रम सम्पन्न

प्रवासका मगर संघ नेतृत्वहरुलाई स्वागत कार्यक्रम सम्पन्न

9
0
SHARE

प्रवासका मगर संघ नेतृत्वहरुलाई स्वागत कार्यक्रम सम्पन्नः
….
नेपाल मगर संघको केन्द्रीय कार्यालयमा प्रवासमा क्रियाशिल मगर संघका अध्यक्ष तथा प्रतिनिधीहरुलाई स्वागत तथा भेटघाट कार्यक्रम २०७३ बैशाख ३० गते सम्पन्न भयो ।
कार्यक्रममा स्वायत्त मगरात प्राप्तिको आन्दोलन, मगर समुदायको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण सहित केन्द्रीय कार्यालय व्यवस्थापन लगायतका सवालमा छलफल गरिएको थियो ।
नेपाल मगर संघको केन्द्रीय अध्यक्ष नबीन रोकामगरको अध्यक्षतामा चलेको कार्यक्रममा मगर संघ हङकङकी अध्यक्ष चन्द्र ज्योति आलेमगर, मगर संघ बेलायतको अध्यक्ष नेम थापामगर, मगर संघ बेल्जियमका सल्लाहकार नेत्र मगर, नेपाल मगर संघ मलेसियाको अध्यक्ष नरबहादुर पुनमगर र संरक्षक सुन्दर आलेमगर, नेपाल मगर संघ दक्षिणकोरियाका बरिष्ठ उपाध्यक्ष हिक्मत पुलामीमगर, नेपाल मगर संघ कतारको महासचिव बिजय मगर र अन्तराष्ट्रिय प्रतिनिधी छत्र घलेमगर र नेपाल मगर संघ जापानका तारा आलेमगर लगायतलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा नेपाल मगर संघको उपाध्यक्षहरु पूर्ण घर्तीमगर र भिम रोकामगर, महासचिव ज्ञानेन्द्र पुनमगर, विदेश सचिव रक्षबहादुर रैकामगर, कोषाध्यक्ष कमला थापामगर, मगर विद्यार्थी कोषाध्यक्ष कोकिल अस्तानीमगर लगायतका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
………..
ज्ञानेन्द्र पुनमगर
महासचिव, नेपाल मगर संघ

NO COMMENTS

LEAVE A REPLY