नेपाल मगर संघ ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधी–पर्यवेक्षक दर्ता गर्ने आज अन्तिम दिन

नेपाल मगर संघ ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधी–पर्यवेक्षक दर्ता गर्ने आज अन्तिम दिन

81
0
SHARE

नेपाल मगर संघ ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधी–पर्यवेक्षक दर्ता गर्ने आज अन्तिम दिनः

यहि मिति २०७३ बैशाख १८–२२ गते सम्म चितवनको नाराणगढमा आयोजना हुने नेपाल मगर संघ केन्द्रीय समितिका ११औं राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि संघको जिल्ला समितिहरु, भातृसस्थाहरु र प्रवास शाखा/सस्थाहरु बाट विधान बमोजिम १ जना महिला अनिवार्य हुने गरि ३ जना प्रतिनिधी र पर्यवेक्षकहरुको नाम दर्ता गर्ने दिन आज (२०७२ चैत्र ३० गते) भएको हुनाले संघको जिल्ला समिति, वैधानिक भातृसस्थाहरु र प्रवास शाखा÷सस्थाहरुबाट प्रतिनिधी–पर्यवेक्षकहरुको नाम आज दर्ता गर्न हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ । आज सम्म पनि दर्ता हुन नसकेमा ११औ राष्ट्रिय महाधिवेशनमा सहभागिता हुन नपाउने जानकारी अनुरोध गर्दछु ।

दर्ताका लागि चाहिने आवश्यक कागजादहरुः
१) प्रतिनिधी–पर्यवेक्षक दर्ताका लागि सम्बन्धित समितिको निवेदन १ थान ।
२) प्रतिनिधी–पर्यवेक्षक पठाउने सम्बन्धमा सम्बन्धित समितिले गरेको निर्णयको प्रतिलिपी १ थान ।
३) प्रतिनिधी–पर्यवेक्षकको २/२ प्रति फोटो ।
४) निर्धारण गरिएको जिल्ला वा सस्थागत दायित्व र दार्ता शुल्क ।
५) हालको कार्यसमितिको नामावली १ थान ।
धन्यवाद ।
….
ज्ञानेन्द्र पुनमगर
संयोजक, ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधी–पर्यवेक्षक व्यवस्थापन समिति
nepalmagarsangh@hotmail.com
सम्पर्क नं. ०९७७–१–४६७२६३७

NO COMMENTS

LEAVE A REPLY