११औ राष्ट्रिय महाधिवेशन (२०७३ बैशाख १८ देखि २२ गते, चितवन) सम्बन्धी संगठन...

११औ राष्ट्रिय महाधिवेशन (२०७३ बैशाख १८ देखि २२ गते, चितवन) सम्बन्धी संगठन विभागको जानकारी

242
2
SHARE

नेपाल मगर संघ, केन्द्रीय समिति
११औ राष्ट्रिय महाधिवेशन (२०७३ बैशाख १८ देखि २२ गते, चितवन) सम्बन्धी संगठन विभागको जानकारी:
.
१) २०७२ फाल्गुन ३० गते भित्रः नेपाल मगर संघ जिल्ला समितिहरुको अधिवेशन गर्नुपर्ने जिल्लाहरुको अधिवेशन गरिसक्नुपर्ने ।
.
२) २०७२ फाल्गुन ३० गते भित्रः नेपाल मगर संघको जिल्ला शाखाहरु, वैदेशिक शाखाहरु र भातृ संस्थाहरुको तर्फबाट बितरण गरिएको आजिवन सदस्यताहरुको बिबरण केन्द्रीय कार्यालयमा पेश गरिसक्नु पर्ने ।
.
३) २०७२ चैत्रको ६ गते अगाबै आजिवन सदस्यहरुको नामहरु अध्याबधिक गरि जिल्लाजिल्ला र विभिन्न देशहरुमा पठाई सकिनेछ ।
.
४) २०७२ चैत्रको १३ गते अगाबै आजिवन सदस्यताको नामहरु सच्याउने र मिति २०७२ चैत्र १५ गते आजिवन सदस्यहरुको अन्तिम नामहरु सार्वजनिक गर्ने ।
.
५) २०७२ चैत्र २० गते देखि २०७२ चैत्र ३० गते भित्रः नेपाल मगर संघ केन्द्रीय समितिको ११औ राष्ट्रिय महाधिवेशनको प्रतिनिधी÷प्रर्यवेक्षकहरुको नाम दर्ता गर्नुपर्ने ।
यस महाधिवेशनमा प्रतिनिधी÷प्रर्यवेक्षकबन्नको लागि संघको आजिवन सदस्य बनेको हुनुपर्ने छ । भने जुन समितिबाट प्रतिनिधी÷प्रर्यवेक्षक बन्नुपने व्यक्तिहरु सम्बन्धित समितिमा रहेर काम गरेको हुनैपर्नेछ । देशको सबै जिल्ला समितिहरुबाट, संघको भातृसंगठनहरु १ जना महिला अनिवार्य हुने गरि ३ जना प्रतिनीधी र २ जना पर्यवेक्षक मात्र त्यसै गरि र प्रवासमा क्रियाशिल वैदेशिक शाखा समिति तथा वैदेशिक सस्थाहरुबाट १ जना महिला अनिवार्य हुने गरि ३ जना प्रतिनीधी र १ जना पर्यवेक्षक मात्र हुनेछ । र संघको जिल्ला शाखा, वैदेशिक शाखा/सस्था र भातृसंस्थाहरुको आर्थिक दायित्व र दर्ता शुल्क समेत अनिवार्य भएको जानकारी गरिन्छ ।
धन्यवाद । जय नेपाल मगर संघ ।। जय मगरात ।।।

ज्ञानेन्द्र पुनमगर
केन्द्रीय सचिव तथा संगठन विभाग संयोजक,
नेपाल मगर संघ, केन्द्रीय समिति तथा
संयोजक,
११औ राष्ट्रिय महाधिवेशनको प्रतिनिधी व्यवस्थापन समिति
….
(नेपाल मगर संघ केन्द्रीय समितिको १६औं बैठकमा संगठन विभागको तर्फबाट पेश गरि पारित गरिएको)

2 COMMENTS

  1. ११औ राष्ट्रिय महाधिवेशन (२०७३ बैशाख १८ देखि २२ गते, चितवन)

LEAVE A REPLY