आज प्रथम शहिद लखन थापामगरको सवालमा ज्ञापनपत्र र एतिहासिक मगरात भुमि...

आज प्रथम शहिद लखन थापामगरको सवालमा ज्ञापनपत्र र एतिहासिक मगरात भुमि बिभाजन गरेको सवालमा ध्यनाक्रसण पत्र प्रधानमन्त्रीलाई बुझाइदै छ।

118
0
SHARE

प्रथम शहिद लखन थापामगरको सवालमा आज देश विदेशबाट ज्ञापन-पत्र बुझाउदै।
….
नेपाल मगर संघले केन्द्रमा सिधै प्रधानमन्त्रीलाई, देशै भरिको जिल्ला-जिल्लाबाट सीडिओ मार्फत प्रधानमन्त्रीलाई र प्रवासमा रहेको समितिबाट नेपाली राजदुतावास देखि प्रधानमन्त्रीलाई आज प्रथम शहिद लखन थापामगरको सवालमा ज्ञापन पत्र बुझाउदै छ।
==== ज्ञापन पत्र को नमुना ====
मितिः २०७२ माघ २९
सम्माननीय प्रधानमन्त्री ज्यूू,
नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
सिंहदरबार, काठमाडौं ।
विषय:– प्रथम शहिद कप्तान लखन थापामगरको सवालमा ज्ञापन पत्र ।
जहानीय राणा शासनको बिरुद्धमा नेपाली जनताको न्याय र अधिकार प्राप्तिका लागि आफ्नो ज्यानको आहुति गर्नुहुने नेपालको प्रथम शहिद कप्तान लखन थापामगरलाई नेपाल सरकारबाट मिति २०७२ अशोज ३ गतेको मन्त्री परिषदको निर्णयले प्रथम शहिद घोषणा गरेको प्रति नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यत्त, गर्दै प्रथम शहिद कप्तान लखन थापामगरको सवालमा तपशिल बमोजिमका मागहरु नेपाल सरकार समक्ष पेश गर्दछौ । र तपशिलका विषय वस्तुहरुलाई गम्भिर रुपमा लिन अग्रह गर्दछौ ।
१) प्रथम शहिद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गरियोस ।
२) प्रथम शहिदले सहादत प्राप्त गरेको दिन फागुन २ गतेलाई सार्वजनिक विदा गरि सोही दिन शहिद दिवस मनाउने निर्णय गरियोस ।
३) प्रथम शहिदको परिवारलाई पूर्नस्थापना तथा सन्तान–दरसन्तानका लागि क्षयतिपूर्ति को व्यवस्था मिलाइयोस ।
४) प्रथम शहिद लखन थापामगरको अध्यायन अनुसन्धानका लागि नेपाल सरकारबाट प्रथम शहिद कप्तान लखन स्मृति प्रतिष्ठान गठन गरियोस ।
५) काठमाडौको सहिद गेट र सहिद पार्कमा प्रथम शहिद कप्तान लखन थापामगरको सालिक प्रतिस्थापन गरियोस ।
६) प्रथम शहिद कप्तान लखन थापामगरले सहादत प्राप्त गरेको स्थान (गोरखा जिल्लाको बुङ्कोट काहुले भंगार) मा प्रथम शहिद लखन थापामगर स्मृति पार्क तथा सग्रहालयको निर्माण गरियोस ।
धन्यवाद ।
………………..
अध्यक्ष
सम्बन्धित समितिको नाम
=== नेपाल मगर संघ केन्द्रिय समितिको तर्फ देखि जानकारी ===
…….
ज्ञानेन्द्र पुनमगर
सचिव, नेपाल मगर संघ, केन्द्रिय समिति

NO COMMENTS

LEAVE A REPLY