झाेर्ले, जेधाे, सिमङिपाउ

झाेर्ले, जेधाे, सिमङिपाउ

187
0
SHARE
nepal magar sangh
nepal magar sangh

झाेर्ले, जेधाे, सिमङिपाउ ।
नेपाल मगर संघ, केन्द्रीय समिति तथा मगर माघे सकराती कार्यक्रम मूल अायाेजक समितिकाे अायाेजनामा सम्पन्न मगर समुदायको प्रमुख साँस्कृतिक राष्ट्रिय चाड मगर-माघे सकरातीकाे पावन अवसरमा शुभकामना अादान-प्रदान तथा बिबिध साँस्कृतिक कार्यक्रम यहि मिति २०७२ माघ १ र २ गते राजधानी काठमाडौंको मुटु टुँडिखेलमा तीसाैं हजार मगरहरुकाे भव्य उपस्थिति, सरकार प्रमुख सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेली ज्यूकाे प्रमुख अातिथ्यतामा प्रमुख अतिथि ज्यूले मगरात लेखिएको निशानामा मगर समुदायको पाैराणीक हतियार धनुषवाणले निशाना लगाई भव्यताका साथ उद्घाटन सम्पन्न गरियो । कार्यक्रमको अध्यक्षता नेपाल मगर संघ, केन्द्रीय समितिका अध्यक्ष महेन्द्र थापामगर, स्वागत मन्तव्य उपाध्यक्ष गंगाबहादुर थापामगर, सन्चालन महासचिव नवीन राेकामगर, धन्यवाद ज्ञापन विदेश सचिव तथा कार्यक्रम व्यवस्थापन समितिका सम्याेजक रक्ष रैकामगरले गर्नु भएको थियो भने कार्यक्रममा माननीय मगर मन्त्रीहरु, माननीय सांसदहरू, मगर बुद्धिजीवी तथा अगुवाहरूका साथै मगर संघका पदाधिकारी सदस्यहरू, भ्रातृ संगठनका अध्यक्ष तथा पदाधिकारीहरु र उपत्यकाका काठमाडाैं, ललितपुरका जिल्ला समिति अध्यक्ष / पदाधिकारी सदस्यहरूको सकृय सहभागिता रहेको थियोे । लाेक दाेहाेरी प्रतियोगिता सहित बिबिध साँस्कृतिक कार्यक्रमहरुकाे बेजोड प्रस्तुतिका लागि मगर साँस्कृतिक संघकाे प्रमुख भूमिका रहेको थियाे । मञ्च, लाइट तथा टेन्टकाे व्यवस्थापन शैलुङ टेण्ट एण्ड रेण्टल सर्भिस प्रां. लि., बुद्धनगर काठमाडौंले गरेको थियो । मिडिया पार्टनरकाे रुपमा सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।
यस बर्षकाे माघे सकराती पर्व देश विदेशमा अा-अाफ्नाे ढंगले मनाएर अाफ्नाे सँस्कृति र पहिचानको जगेर्ना गर्न टेवा पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद तथा बधाई ज्ञापन गर्दछु । अागामी बर्षहरुमा पनि यहाँहरु सम्पुर्णकाे यस्तै सकारात्मक तथा रचनात्मक भूमिकाका लागि अाव्ह्वान गर्दछाैं । धन्यवाद , जय मगर संघ, जय मगरात ।।

गंगाबहादुर थापामगर
उपाध्यक्ष
नेमसं., केन्द्रीय समिति
कलंकी, काठमाडौं ।

NO COMMENTS

LEAVE A REPLY