मगर माघेसकराती २०७२ कार्यक्रमको तयारी अन्तिम चरणमा

मगर माघेसकराती २०७२ कार्यक्रमको तयारी अन्तिम चरणमा

240
0
SHARE

मगर माघेसकराती २०७२ कार्यक्रमको तयारी अन्तिम चरणमाः
…..
नेपाल मगर संघ केन्द्रीय समिति लगायत काठमाडौ उपत्यकामा रहेका सम्पूर्ण मगर संघ संस्थाहरुको संयुक्त आयोजनामा काठमाडौ टुडिखेलमा २०७२ माघ १ र २ गते आयोजना गरिने “मगर माघेसकराती २०७२ कार्यक्रम” को तयारी अन्तिम चरण पुगेको छ ।
मगरहरुको प्रमुख राष्ट्रिय सास्कृतिक चाड “मगर माघेसकराती” लाई सास्कृतिक रुपमा नै भव्यताका साथ आयोजना गरिएको छ ।
यस पटकको कार्यक्रमको पहिलो दिन मगर–माघेसकरातीको सुअवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिनेछ भने दोस्रो दिन मगर लोक दोहरी प्रतियोगितको आयोजना गरिने छ । लोकदोहोरी प्रतियोगिता मगरहरुको संघ सस्थाहरुको बिचमा मात्र गरिने तयारी भइरहेको छ । कार्यक्रमको व्यवस्थापकिय संयोजन संघको केन्द्रीय समिति रक्षाबहादुर रैकामगर र सास्कृतिक संयोजन मगर सास्कृति संघको अध्यक्ष खड्ग बुढामगरले गरिरहनु भएको छ ।
कार्यक्रमको अन्तिम तयारीको बारेमा थप छलफल गर्नका लागि मिति २०७२ पौष २३ गते बिहान ८ बजे अनामनगरमा व्यवस्थापकिय बैठक बस्ने भएको छ ।
प्रस्तुतिः
ज्ञानेन्द्र पुनमगर
सचिव, नेपाल मगर संघ, केन्द्रीय समिति
(२०७२ पौष २२)

NO COMMENTS

LEAVE A REPLY