मगर-माघेसकरती काठमाडौँ टुडिखेलमा मनाइने !

मगर-माघेसकरती काठमाडौँ टुडिखेलमा मनाइने !

158
0
SHARE

मगर-माघेसकरती काठमाडौँ टुडिखेलमा मनाइने !
..
नेपाल मगर संघले केन्द्रिय स्तरमा मगरहरुको यस बर्षको प्रमुख राष्ट्रिय सास्कृतिक चाड “मगर-माघेसकरती” २०७२ माघ १ र २ गते काठमाडौँ टुडिखेलमा आयोजना गर्ने भएको छ।
नेपाल मगर संघ केन्द्रिय समिति लगायत काठमाडौँ उपत्यकामा क्रियाशील मगर संघ सस्थाहरु (मगर महिला संघ, बिद्यार्थी संघ, सास्कृतिक संघ, युवा संघ, सम्पर्क समन्वय आबद्ध सस्थाहरु मगर समाज गंगबु, ललितपुर मगर सेवा समाज, म्याग्दी मगर समाज, मगर चलचित्रकर्मी संघ, मगर संघ काठमाडौँ, ललितपुर आदि)को संयुक्त आयोजनामा मनाइने “मगर-माघेसकरती” पर्वमा मगरहरुको परम्परा गत खानाहरुको परिकार, मौलिक पोशाकहरुको प्रर्दशनी, लोकदोहोरी प्रतियोगिता लगाएतका सास्कृतिक गतिविधीहरुका साथ आयोजना गर्ने निर्णय भएको छ । कार्यक्रममा १०० वटा भन्दा बढि प्रर्दशनी तथा खानपिन र पुस्तकहरुको स्टलहरु राखिनेछ । विभिन्न कार्यक्रमहरुको प्रायोजक व्यवस्थाका लागि सबै संघ सस्थाहरु परिचालिन हुने निर्णय भएको छ ।
यस कार्यक्रमको व्यवस्थापनका लागि एक सचिवालय बनाइएको छ । जसको संयोजक रक्षबहादुर रैकामगर, सदस्यहरु राजेन्द्र थापामगर, नरबहादुर रानामगर, पद्मा आलेमगर, गंगा खासुमगर, खड्ग बुढामगर, होमराज खपाङ्गीमगर रहनुभएको छ ।
बैठक मिति २०७२ पौष १० गते मगर संघ केन्द्रीय कार्यालय कलंकीमा नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
..
प्रस्तुतिः
ज्ञानेन्द्र पुनमगर
सचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY