मगर संघ USA ले लखन स्कुललाइ सहयोग गर्ने !

मगर संघ USA ले लखन स्कुललाइ सहयोग गर्ने !

136
0
SHARE

मगर संघ USA ले लखन स्कुललाइ सहयोग गर्ने !
…………………..
नेपालको प्रथम सहिद लखन थापामगरको हत्या गरिएको स्थान गोरखा जिल्लाको बुङ्ग्कोत ४ काहुले स्थित रहेको श्री लखन थापा स्मृति प्राथमिक बिद्यालयको भवन महा विनासकारी भुकम्पबाट पूर्ण क्ष्यति भएको थियो। उक्त बिद्यालयको भवन निर्माणको लागी सहयोग गर्नको लागि पुर्व अध्यायन गर्नका लागि मगर संघ को नेतृत्वले स्थलगत भेटघाट गरेको छ। उक्त बिद्यालयको भवन निर्माणको लागि मगर संघ USA ले सहयोग गर्ने भएको छ। स्थलगत भेटघाटमा नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष महेन्द्र थापामगर सहित केन्द्रिय पदाधिकारीहरु, मगर संघ USA को सहसचिव नरेन्द्र थापामगर, कोषाध्यक्ष तथा अर्थ बिभाग प्रमुख लगायत मगर संघको विभिन्न तहका नेतृत्वहरु पुग्नुभएको थियो। भवन निर्माणको लागि सहयोग छिट्टै पठाउने USA का प्रतिनिधिहरुले प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।
उक्त बिद्यालयको भवन निर्माणको लागी यथोचित जग्गाको खरिद र भवनको फ़ाउन्देशन निर्माणको लागि मगर संघ UK ले सहयोग गर्ने भएको छ ।

NO COMMENTS

LEAVE A REPLY