स्वागत गर्दै भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरियो

स्वागत गर्दै भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरियो

138
0
SHARE
nma chairmanमिति २०७२ मंशिर ५ गते शनिबार विभिन्न देशहरुमा संगठित तथा क्रियाशील मगर संघका प्रतिनिधिहरु ( मलेशियाका अध्यक्ष नर ब. पुनमगर, अमेरिकाका सह सचिब नरेन्द्र थापामगर, बेल्जियमका सल्लाहकार नेत्र रजानमागर, जापानका सल्लाहकार दिलिप रानामगर, जापानका पूर्व अध्यक्ष राजु रानामगर,  बेल्जियमका सदस्य कल्पना रजानमागर र अमेरिकाका साधारण सदस्य तारा चिडीमगर ) लाई नेपाल मगर संघ केन्द्रीय कार्यालय, कलंकीमा स्वागत गर्दै भेटघाट  तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरियो l कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर लगायत काठमाडौँमा उपलब्ध पदाधिकारी सदस्य, भ्रात्री संगठनहरु र काठमाडौँ – ललितपुर जिल्लाका  प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने विदेश विभाग प्रमुख सचिब रक्ष ब. रैकामगरले कार्यक्रम संचालन गर्नु भएको थियो l कार्यक्रममा मगरात प्राप्तिको आन्दोलन, मगर अन्तरराष्ट्रिय मंच, संगठन सुद्रिढ़ीकरण तथा मगर संघलाई भावी दिनमा कसरी व्यवसायीकरण गर्न सकिन्छ भन्ने विषयमा घनिभूत छलफल तथा अन्तरक्रिया भएको थियो l
नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY