मगरात संघर्ष समितिको सचिवालयको बैठक सम्पन्न

मगरात संघर्ष समितिको सचिवालयको बैठक सम्पन्न

60
0
SHARE

मगरात संघर्ष समितिको सचिवालयको बैठक सम्पन्नः
……
२०७२ मंसिर ७ गते मगरात संघर्ष समिति प्रदेश स्तरिय समितिको सचिवालयको बैठक सम्पन्न भएको छ । बैठक समितिको संयोजक तथा नेपाल मगर संघ केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरको अध्यक्षतामा, नेपाल मगर संघको केन्द्रीय अध्यक्ष महेन्द्र थापाममगरको प्रमुख आतिथ्यतामा र संयुक्त मगर मंच नेपालको संयोजक लोकबहादुर थापामगरको विशेष उपश्थिति तथा मगरहरुको विभिन्न सामाजिक तथा राजनैतिक संघ संगठनहरुको सहभागितामा नेपाल मगर संघ कास्कीको भवनमा बसेको बैठकले तपशिल बमोजिमको निर्णयहरु गरेको छ ।
१) प्रस्तावित मगरात प्रदेश भित्रका १९ वटा जिल्लाहरुमा मगरहरुको भेषभुषा सहित मगरहरुको प्राचिन हातियारहरु (धनुणबाण र खुकुरी) -याली सहित आ–आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडीओ) मार्फत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनैतिक पार्टीका नेताहरुलाई स्मरण पत्र तथा ज्ञापन पत्र बुझाउने निर्णय भएको छ ।
२) प्रस्तावित गरिएको मगरात भित्र पर्ने हालको अञ्चलहरुमा मगरात आन्दोलन बारेमा अञ्चल स्तरिय प्रशिक्षण कार्यक्रम गर्ने । र चार वटा आञ्चलहरु(धवलागिरी, लुम्बिनी, राप्ती र गण्डकी) मा अञ्चल स्तरिय जनसभा आयोजना गर्ने ।
मगरात प्राप्तिको संघर्षलाई सार्थक निश्कर्षमा पु¥याउनका लागि सबै सरोकारवाला निकायहरुसंग समन्वय सहकार्य गर्दै यस आन्दोलनलाई सबै प्रकारको सहयोगहरु (नैतिक, आर्थिक, भौतिक) गरि सहभागिता जनाउनका लागि सबैमा आवहान गर्ने निर्णय भएको छ ।
जय मगरात ।
…..
प्रस्तुतिः
ज्ञानेन्द्र पुनमगर
सचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY