मगरात/तमुवान मोर्चाले मंसिर २८ पोखरामा बृहत प्रदर्शन गर्ने

मगरात/तमुवान मोर्चाले मंसिर २८ पोखरामा बृहत प्रदर्शन गर्ने

96
0
SHARE

मगरात/तमुवान मोर्चाले मंसिर २८ पोखरामा बृहत प्रदर्शन गर्ने
………..
मगरात संघर्ष समिति र तमुवान संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा मंसिर २८ गते पोखरामा बृहत प्रर्दशनसहित सभा गर्ने भएको छ ।
पहिचान सहितको संघीयता, मगरात र तमुवान प्रदेश सुनिश्चितता, जनसंख्याको आधारमा पुर्ण समानुपातिक प्रतिनीधित्व लगायतका मागसहितको छुट्टा-छुट्टै आन्दोलनरत मगरात संघर्ष समिति र तमुवान संयुक्त संघर्ष समिति को मंगलवार (२०७२ मङ्सिर ८ गते) पोखरामा सम्पन्न संयुक्त बैठकले आफ्ना माग पुरा गराउन संयुक्त मोरचाबन्दी हुदै मंसिर २८ गते तमुवानको राजधानी पोखरामा बृहत प्रर्दशन र सभा गर्ने निर्णय गरेको हो ।
यसरी नै संयुक्त मोर्चाले मंसिर १५ गते गोर्खा, तनहुँ, स्याङ्जा र पर्वत जिल्लामा जिल्ला भेला र संघर्ष समिति गठन गर्ने, मंसिर १७ गते मौलिक भेषभुषा, धनुषबाणसहितको प्रर्दशनसहित तमुवान र मगरातका प्रमुख जिल्ला अधिकारी मार्फत नेपालका राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई खवरदारी पत्र पठाउने भएको थियो।
बैठकमा मगरात संघर्ष समितिका केन्द्रीय संयोजक तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापामगर, मगरात संयुक्त मञ्च नेपालका संयोजक लोकबहादुर थापामगर, मगरात संघर्ष समिति मगरात प्रदेशका संयोजक बसन्त घर्ती मगर, तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङ, तमुवान संयुक्त संघर्ष समितिका राजनीतिक सल्लाहकार गणेशमान गुरुङ, तमुवान संयुक्त संघर्ष समिति अनुगमन समितिका संयोजक सुन्दर गुरुङलगायतको उपस्थिति रहेको थियो ।
आन्दोलनलाई सशक्त बनाउन संगठन निर्माण, प्रशिक्षणात्मक भेला, अन्तरक्रिया र प्रचार प्रसारमा जोड दिनुपर्ने निर्णय भएको थियो।
…..
प्रस्तुतिः
ज्ञानेन्द्र पुनमगर
सचिव, नेपाल मगर संघ, केन्द्रीय समिति

NO COMMENTS

LEAVE A REPLY