बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

138
0
SHARE

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
…………
आज मिति २०७२ मंसिर १९ गते एक भव्य समारोहका बिच सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनमगर, सम्माननीय सभामुख ओनसरी घर्तीमगर र माननीय आपूर्ति मन्त्री गणेशमान पुनमगर लाई मगर समुदायको तर्फबाट हार्दिक बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
नेपाल मगर संघको आयोजना र मगर अन्तराष्ट्रिय मञ्चको सदस्य राष्ट्रहरु मध्येबाट मगर संघ हङकङ, मगर संघ अमेरिका, नेपाल मगर संघ जापान, नेपाल मगर संघ कतार, नेपाल मगर संघ मलेसिया, मगर सघ बेल्जीयम, नेपाल मगर संघ इजरायल र नेपाल मगर संघ यूएई त्यसै गरी सहयोगी समाजसेवी दिलबहादुर थापामगरहरुको सह आयोजनामा सम्पन्न भएको कार्यक्रममा विभिन्न मगर संघ सस्थाका सयौ पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । यस कार्यक्रमलाई सम्पन्न गर्नमा सहयोग गर्नुहुने बधाईका पत्रहरु, पाहुनाहरु, सहयोगीहरु, सहभागिहरु, सुरक्षाकर्मीहरु सबै व्यक्ति व्यक्तित्व प्रति धन्यवाद सहित आभार प्रकट गर्दछौ ।
कार्यक्रम मगर संघको अध्यक्ष महेन्द्र थापामगरको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगर र महासचिव नवीन रोकामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रस्तुतिः ज्ञानेन्द्र पुनमगर
सचिव, नेपाल मगर संघ, केन्द्रीस समिति

NO COMMENTS

LEAVE A REPLY